इङ्लिस प्रिमियर लिग अन्तरगत शनिबार राती भएको खेलमा साविकको विजेता म्यानचेस्टर सिटी न्यूक्यासल युनाइटेडसँग बराबरीमा रोकिएको छ।
सिटी न्यूक्यासल युनाइटेडसँग २-२ को बराबरीमा रोकिएको हो।
पहिलो हाफ १-१ को बराबरी भएको खेलमा रहिम स्ट्रलिङले खेलको २२ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। सो अग्रतालाई न्युक्यासलले २५ औं मिनेटमा बराबरी गर्यो। सो गोल जेट्रो चिलेम्सले गरेका हुन्।
त्यसपछि ८२ औं मिनेटमा केविन डी ब्राउनको गोलमा म्यानचेस्टर सिटीले पुनः अग्रता लिएपनि शेल्भीले खेलको ८८ औं मिनेटमा गोल फर्काउँदै म्यानचेस्टर सिटीलाई बराबरीमा रोकिदिए।
बराबरीसँगै पुनः लिग हत्याउने दाउमा रहेको म्यानचेस्टर सिटीले १४ खेलबाट २९ अंक जोडेको छ। ऊ लिगको दोश्रो स्थानमा उक्लिएको छ। यसैगरी न्यूक्यासल १६ अंकसहित १४ औं स्थानमा रहेको छ।