गत सिजनको सेमिफाइनलिस्ट डच क्लप अजाक्स यस सिजनमा समूह चरणबाटै घर फर्किन बाध्य भएको छ।
च्याम्पियन्स लिग फुटबल अन्तरगत मंगलबार राती भएको खेलमा स्पेनिस क्लब भ्यालेन्सियासँग १-० ले पराजित भएपछि टोली समूह चरणमै निराश हुनुपरेको हो।
भ्यालेन्सियाको जितमा रोड्रिगोले खेलको २४ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। समूह 'एच' अन्तरगत भएको खेलमा अजाक्समाथि हिजोको खेल जित्नैपर्ने अवस्था थियो।
च्याम्पियन्स लिगको यस सिजनमा घरेलु मैदानमा चेल्सी र भ्यालेन्सियासँगको हार र ४-४ गोलको बराबरी नतिजाले अजाक्सलाई समूह चरणमै सिमित गरिदिएको हो।
यस समूहबाट भ्यालेन्सिया र चेल्सी अघिल्लो चरण पुगेका छन्।