ईङलिश प्रिमियर लिगमा टोटनह्यामलाई लिभरपुलले पराजित गरेको छ।
शनिबार सम्पन्न खेलमा टोटनह्याम लिभरपुलसँग १-० ले पराजित भएको हो।
लिभरपुलको जितमा रोवर्टो फिर्मिनोले निर्णायक गोल गरेका थिए।
उनले खेलको पहिलो हाफको ३७ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
जितसँगै जारी लिगमा लिभरपुल ६१ अंक सहित शीर्ष स्थानमा रहेको छ भने उसलाई पछ्याइरहेको लेस्टर सिटी ४५ अंकसहित दोश्रो स्थानमा छ।
यस्तै पराजित टोटनह्यामको ३० अंक छ।