जारी इङ्लिश प्रिमियर लिगमा दोश्रो स्थानमा रहेको लेस्टर सिटी साउथह्याम्पटन अप्रत्यासितरूपमा पराजित भएको छ।
शनिबार भएको खेलमा लेस्टर सिटीलाई साउथह्याम्पटनले २-१ ले स्तब्ध पार्यो।
खेलमा पहिलो अग्रता भने लेस्टर सिटीले लिएको थियो।
उसलाई खेलको १४ औं मिनेटमा प्राएटले गोल गर्दै अग्रता दिलाएका थिए।
सो अग्रतालाई साउथह्याम्पटनले १९ औं मिनेटमा आम्रस्टङले गोल गरेपछि बराबरी गर्यो।
त्यसपछि लेस्टरलाई खेलको ८१ औं मिनेटमा ड्यानी इनग्सले गोल गर्दै झट्का दिए र नतिजा २-१ ले साउथह्याम्पोटनको पक्षमा गयो।
गत अक्टुवरमा लेस्टर सिटीले साउथह्याम्प्टनलाई ९-० को लज्जास्पद हार चखाएको थियो।
हारपछि लिगको दोश्रो स्थानमा रहेको लेस्टरको २२ खेलबाट ४५ अंक छ। लिगको शीर्ष स्थानमा रहेको लिभरपुलको ६१ अंक छ।
यस्तै २२ खेलबाट २८ अंक जोडेको साउथह्याम्पटन लिगको १२ औं स्थानमा छ।