मार्कस रासफोर्डको २ गोलको सहयोगमा म्यानचेस्टर युनाइटेडले नर्विच सिटीलाई ४-० ले पराजित गरेको छ।
घरेलु मैदानमा शनिबार इङ्लिश प्रिमियर लिग अन्तरगत भएको खेलमा मार्कशका अलाबा एन्थोनी मार्सल र म्यासन ग्रिनवुडले एक-एक गोल गरेका थिए।
टोलीले पहिलो अग्रता खेलको २७ औं मिनेटमा राशफोर्डको गोलबाट लिएको थियो।
टोलीका लागि दोश्रो गोल पनि रासफोर्डले नै गरे। ५२ औं मिनेटमा उनले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रतालाई २-० पुर्याएका थिए।
त्यसपछि खेलको ५४ औं तथा ७६ औं मिनेटमा युनाइटेडले दुई गोल गर्यो र नतिजा ४-० ले आफ्नो पक्षमा पार्यो। ती गोलहरु क्रमशः मार्सल र ग्रिनवुडले गरेका हुन्।
जितपछि २२ खेलबाट ३४ अंक जोडेको म्यानचेस्टर युनाइटेड पुनः लिगको पाँचौ स्थानमा उक्लेको छ।