इटालियन सिरी ए अन्तरगत शनिबार भएको खेलमा लिगको शीर्ष स्थानमा रहेको इन्टर मिलान एट्लान्टासँग बराबरीमा रोकिएको छ।
खेलको चौथो मिनेटमा लउतारो मार्टिनेजले दिलाएको अग्रतालाई खेलको ७५ औं मिनेटमा गोसिन्सले बराबरी गरिदिएपछि इन्टरले एट्लान्टासँग बराबरीमा रोकिएको हो।
बराबरीपछि इन्टरको ४६ अंक छ भने उसको भन्दा एक खेल कम खेलेको युभेन्टसको ४५ अंक छ।
यसैगरी इन्टरलाई बराबरीमा रोकेको एट्लान्टाको ३५ अंक छ।