त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ।
आर्मी छैठौं चरणको अन्तिम खेलमा संकटासँग १-१ गोलको बराबरीमा रोकिएपछि शीर्ष स्थानमा उक्लने मौका गुमाएको हो।
खेलमा अग्रता भने आर्मीले लियो। २९ मिनेटमा नवयुग श्रेष्ठले डिबक्समा प्राप्त पासमा हेडमार्फत सुन्दर गोल गरे।
खेलको ५२ मिनेटमा आर्मी १० खेलाडीमा सीमित बन्यो। विपक्षी खेलाडीलाई छातीमा किक प्रहार गरेपछि उनलाई रेफ्रीले सिधा रात कार्ड देखाए।
५५ मिनेटमा संकटाले पेनाल्टी पायो। संकटाका लागि अमित तामाङले पेनाल्टीमा गोल गरे।
लिगमा दोस्रो स्थानमा रहेको आर्मीले ६ खेलबाट १३ अंक जोडेको छ। शीर्ष स्थानको मच्छिन्द्र क्लबको पनि १३ अंक नै छ। मच्छिन्द्र गोलअन्तरमा अघि छ।
संकटा भने ६ खेलबाट ८ अंक जोडेर आठौं स्थानमा छ।
अंक तालिका