म्यानचेस्टर सिटीको इंग्लिस प्रिमिय लिगको उपाधि जित्ने सम्भवना कमजोर बन्दै गएको छ।
सिटीलाई शनिबार राति भएको खेलमा क्रिस्टल प्यालेसले २–२ गोलको बराबरीमा रोकेपछि उपाधि यात्रामा अर्को धक्का लागेको हो।
खेलमा प्यालेसका टोसनले ३९ मिनेटमा गरेर पहिले अग्रता दिलाए।
तर सिटीका सर्जियो अग्युरोले अन्तिम ८ मिनेट बाँकी रहदा २ गोल गरे।
उनले ८२ मिनेटमा बराबरी गोल गर्दा ८७ मिनेटमा सिटीलाई अग्रता दिलाए।
खेलको अन्तिम मिनेटमा सिटीका फर्डिनान्डोले आफ्नै पोस्टमा गोल गर्दा खेल २-२ को बराबरीमा सकियो।
लिगको अर्को खेलमा चेल्सीलाई न्युकासलले १-० ले हराएको छ भने आर्सनललाई सेफर्डले १-१ र टोटनह्यामलाई वाटफोर्डले गोलरहित बराबरीमा रोकेको छ।
लिगमा शीर्ष स्थानको लिभरपुलको २१ खेलबाट ६१ अंक छ। सिटी १३ अंकले पछि पर्दै २३ खेलबाट ४८ अंक जोडेर दोस्रो स्थानमा छ। तेस्रो स्थानको लेस्टर सिटीको २२ खेलबाट ४५ अंक र चौथो स्थानको चेल्सीको २३ खेलबाट ३९ अंक छ।