सहिद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम एनआरटी पाँचौ स्थानमा उक्लिएको छ।
एनआरटीले आइतबार भएको खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३-२ ले पराजित गरेको हो।
पाँचौ मिनेटमा आन्द्रे थियरीको गोलबाट एनआरटीले अग्रता लियो।
४१ मिनेटमा एपिएफका लागि आसिस लामाले बराबरी गोल फर्काए।
आसिसले ५३ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा एपिएफले २-१ को अग्रता लियो।
अन्तिम १० मिनेटमा एनआरटीले २ गोल गर्न सफल हुँदा खेल आफ्नो पक्षमा पार्यो।
८० मिनेटमा एपिएफका वीरेन्द्र प्रकास यदावले आफ्नै पोस्टमा गोल गरेर एनआरटीलाई उपहार दिए।
८५ मिनेटमा दर्शन गुरुङले अर्को गोल गरेपछि एनआरटीले ३-२ को अग्रता लियो।
लिगमा पाँचौ स्थानमा उक्लिएको एनआरटीले ७ खेलबाट ११ अंक जोडेको छ। चौथो स्थानको थ्रीस्टार र छैटौं स्थानको नेपाल पुलिस क्लब पनि ११-११ अंक नै छ।
एपिएफ भने ७ खेलबाट ५ अंक जोडेर १२औं स्थानमा छ।