ईङ्लिश प्रिमियर लिग अन्तरगत आइतबार भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ।
युनाइटेडलाई लिभरपुलले २-० को अन्तरले पराजित गरेको हो।
जितसँगै लिभरपुलले लिग उपाधि जित्ने लगभग पक्का भएको छ।
जारी लिगमा पहिलो स्थानमा रहेको लिभरपुलको दोश्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँग १६ अंकको दुरी छ।
२२ खेल खेलेको लिभरपुलको ६४ अंक छ भने एक खेल बढि खेलको म्यानचेस्टर सिटीको ४८ अंक छ।
हिजोको खेलमा म्यानचेस्टर युनाइटेडलाई पराजित गर्ने क्रममा लिभरपुलले खेलको १४ औ मिनेटमा भर्जिल भान डिजेकको गोलमा अग्रता लिएको थियो।
त्यसपछि मोहम्मद सलाहले अतिरिक्त समयको तेश्रो मिनेटमा गोल गरेका थिए।