बार्सिलोनाले स्पेनिस कोपा डेल रे फुटबलमा संघर्षपूर्ण जित हासिल गरेको छ।
बुधबार राती भएको खेलमा तेश्रो डिभिजनको क्लब इबिजामाथि उसले संघर्षपुर्ण जित हासिल गरेको हो।
खेलको सुरुमै गोल खाएर पछि परेको बार्सिलोनालाई इबिजामाथी २-१को जित हासिल गर्न खेलको अन्तिम समयसम्म संघर्ष गर्नुपर्यो।
काबालेले खेलको ९ औं मिनेटमा गोल गर्दै इबिजालाई अग्रता दिलाएका थिए।
त्यसपछि खेलमा १-० ले पछि परेको बार्सिलोनाले गोल फर्काउन ७२ औं मिनेटसम्म कुर्नुपर्यो। एन्टोनी ग्रिजम्यानले ७२ औं मिनेटमा गोल गरेपछि खेल बराबरीमा पुगेको थियो।
उनले त्यसपछि अतिरिक्त समयको चौथो मिनेटमा बार्सिलोनाका लागि गोल गरे र टोलीलाई जित दिलाए।