सहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबले चौथो जित हात पारेको छ।
पुलिसले सोमबार दशरथ रंगशालामा भएको खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई १–० ले पराजित गर्यो।
पुलिसको जितमा भोला सिलवालले निर्णायक गोल गरे। भोलाले खेलको १३ मिनेटमा गरेको गोल निर्णायक बन्यो।
त्यसअघि खेलको पाँचौ मिनेटमा भारत साहको प्रहारमा एपिएफका गोलकिपर बाधक बने।
४२ मिनेटमा रमेश दंगालाको हेडर बारमा लाग्दा एपिएफ बराबरी गर्ने अवसरबाट चुक्यो।
दोस्रो इन्जुरी टाइममा एपिएफका सुदीप शिख्राकारलाई रेफ्रीले सिधा रातो कार्ड देखाएका थिए।
जितसँगै पुलिसले ९ खेलबाट १४ अंक जोडेको छ भने अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ।
एपिएफ ५ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ।