नेपाली राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी 'साम्बा' ले दुई गोल गरेपछि गोकुलम केरला एफसी भारतीय महिला फुटबल लिगको फाइनलमा प्रवेश गरेको छ।
पहिलो पटक फाइनलमा स्थान पक्का गर्ने क्रममा गोकुलमले साविक विजेता सेथु एफसीलाई सोमबार भएको दोस्रो सेमिफाइनलमा ३-० गोलले पराजित गर्यो।
गोलकुलका लागि सावित्राले खेलको ४४ र ८३ मिनेटमा गोल गरिन्। त्यसअघि खेलको २२ मिनेटमा मनिषाको गोलबाट गोकुलमले अग्रता लिएको थियो।
सेथु एफसीमा नेपालकी मिडफिल्डर अनिता बस्नेतले खेलेका थिइन्।
अब उपाधिका लागि गोकुलमले क्रेफ्सासँग खेल्नेछ।
जारी लिगमा साम्बाले १५ गोल गरिसकेकी छिन्। उनले सुरुवाती दुई गोलमा ६ गरेकी थिइन्।
गत सिजन साम्बाले सेथुबाट खेलेकी थिइन्।
गत सिजन साम्बाले सेथुलाई उपाधि जिताउन उत्कृष्ट खेलेका थिइन्।
सेथुले समूह चरणमा ५ जितसहित लगातार ७ खेलमा विजयी हासिल गरेर लिगको उपाधि जितेको थियो। त्यसक्रममा सेथुले ४५ गोल गरेको थियो। ४५ मध्ये साम्बाले १५ गोलसहित तीन ह्याट्रिक गरेकी थिइन्।