१ गोलले पछि परेको अवस्थालाई उल्टाउँदै म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल मड्रिडलाई पराजित गरेको छ।
च्याम्पियन्स लिग अन्तरगत बुधबार राती भएको अन्तिम १६ अन्तरगतको पहिलो लेगमा मड्रिडलाई सिटीले २-१ गोलले पराजित गरेको हो।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा रियल मड्रिडले खेलको ६० औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो।
इस्कोले सो गोल गरेका थिए।
त्यसपछि सिटीका लागि ग्याब्रियल जिससले खेलको ७८ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।
८३ औं मिनेटमा सिटीले पेनाल्टीको अवसर पायो। सो अवसरलाई डि ब्रुनेले गोलमा परिणत गरे र सिटी २-१ ले अघि लाग्यो।
त्यसपछि खेलमा थप गोल हुन सकेनन् अन्तिम १६ को पहिलो लेगमा मड्रिड पराजित भयो।
यसैगरी खेलको ८६ औं मिनेटमा सर्जियो रामोसले सिधैं रातो कार्ड खापछि रियल मड्रिड १० खेलाडीमा सिमित भएको थियो।
दोश्रो लेग मार्च १७ मा हुनेछ।