म्यानचेस्टर सिटी पराजित भएको छ।
इङ्लिश प्रिमियर लिग अन्तरगत आइतबार भएको खेलमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीलाई २-० ले पराजित गरेको हो।
२-० को जित हात पार्ने क्रममा खेलको ३० औं मिनेटमा एन्थोनी मार्सियलले टोलीका लागि पहिलो गोल गरेका थिए भने दोश्रो गोल स्कट म्याकले अतिरिक्त समयको छैटौं मिनेटमा गरेका थिए।
जितपछि युनाइटेडको २९ खेलबाट ४५ अंक भएको छ।
यसैगरी पराजित सिटीको २८ खेलबाट ५७ अंक छ।