बार्सिलोनासँग लिग उपाधि होडमा रहेको रियल मड्रिड आइतबार भएको खेलमा रियल बेटिससँग पराजित भएको छ।
स्पेनिस ला लिगा अन्तरगत भएको खेलमा मड्रिडलाई बेटिसले २-१ ले पराजित गरेको हो।
मड्रिडलाई पराजित गर्ने क्रममा रियल बेटिसका लागि सिड्नेई र क्रिस्टियन टेलोले गोल गरेका थिए।
उनीहरूले क्रमशः खेलको ४० र ८२ औं मिनेटमा गोल गरेका हुन्।
यस्तै मड्रिडका लागि एकमात्र गोल अतिरिक्त समयको तेश्रो मिनेटमा करिम बेन्जिमाले फर्काएका थिए। उनले पेनाल्टीमार्फत सो गोल फर्काएका हुन्।
हारपछि लिगमा रियल मड्रिड पहिलो स्थानमा रहेको बार्सिलोनासँग २ अंकले पछि परेको छ।
२७ खेलपछि बार्सिलोनाको ५८ अंक छ भने रियल मड्रिडको ५६ अंक छ।