फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
बुधबार राति भएको दोश्रो लेगमा जर्मन क्लब बोरूसिया डर्टमन्डलाई २-० ले पराजित गरेपछि समग्रमा ३-२ ले विजयी हुँदै पिएसजी लिगको क्वाटरफाइनलमा पुगेको हो।
पहिलो लेगमा पिएसजी २-१ पराजित भएको थियो।
दोश्रो लेगमा पिएसजीलाई जित दिलाउने क्रममा नेयमारले खेलको २८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए।
कोरोनाभाइरसको सम्भावित जोखिमलाई ध्यानमा दिदैं रित्तो रंगशालामा खेलाइएको खेलमा त्यसपछि पिएसजीका लागि जुवान बर्नाटले पहिलो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा टोलीका लागि दोश्रो गोल गरेका थिए।
तयसपछि दोश्रो हाफमा कुनै गोल हुनसकेन र खेल पिएसजीको पक्षमा गयो।