कोरोनाभाइरस महामारीका कारण सबै प्रिमियर लिगका खेल अप्रिल ४ तारिखसम्मका लागि स्थगित गरिएको छ।
शुक्रबार बिहान क्लबका अधिकारीहरू सम्मिलित मिटिङले तीन हप्ताका लागि खेल स्थगित गर्ने निर्णय गरेको हो। आर्सनल, चेल्सी र एभर्टनका खेलाडीहरु कोरोनाभाइरसको संक्रमणपछि आइसोलेसनमा बस्न बाध्य छन्।
साथै द फुटबल लिग, द वुमेन्स सुपर लिग पनि स्थगित भएको प्रिमियर लिगको ट्विटर ह्यान्डलले जनाएको छ। प्रिमियर लिगले शुक्रबार खेल स्थगन गर्ने नगर्नेबारे कुराकानी गर्न आपतकालीन मिटिङ बोलाएको थियो।
त्यस्तै युइएफएले पनि च्याम्पियन्स लिग र युरोपा लिग अर्को हप्ताको लागि स्थगन गरेको छ।