अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले विश्व स्वास्थ्य संघ संगठन (डब्लुएचओ) लाई १० मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड रुपैयाँ) अनुदान दिने भएको छ।
विश्वभर कोरोनाभाइरसको संक्रमण फैलिरहेको अवस्थामा त्यसविरुद्ध लड्न कदम चालिरहेको डब्लुएचओलाई अनुदान दिने फिफाले जनाएको छ। फिफाले डब्लुएचओको कदममा ऐकबद्धता जनाउने र सँगै काम गर्नका लागि तयार भएको पनि बताएको छ।
कोरोनाका कारण विश्वभर फुटबल गतिविधि ठप्प रहेको अवस्थामा फिफाले युरो कप र कोपा अमेरिका जस्ता ठूला प्रतियोगिता एक वर्ष स्थगित गर्न सहमति दिएको छ।
विश्वभर फुटबल लिग स्थगित हुँदा फुटबल क्यालेन्डरमा पर्ने असरमा गम्भिर भएको जनाएको छ। क्यालेन्डर मिलाउनका लागि सहयोग गर्ने बताएको फिफाले खेलाडी ट्रान्फरमा पनि लचकता अपनाउने जनाएको छ।
यस्तै कोरोनाले असर गरेको फुटबल क्षेत्रमा आर्थिक सहयोग गर्न तयार गरेको पनि फिफाको भनाइ छ।