अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्ना दुई वटा एम्बुलेन्स ललितपुर महानगरपालिकालाई दिएको छ।
एन्फाले मंगलबार ललितपुर महानगरपालिकाको कार्यालयमा एम्बुलेन्स हस्तान्तरण गरेको हो। एम्बुलेन्स दिने सम्झौतामा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले हस्ताक्षर गरे।
एन्फाले कोरोना भाइरसको संक्रमणविरुद्ध लड्नका लागि एन्बुलेन्स दिएको जनाएको छ। कोरोना जोखिम न्यून भएपछि एम्बुलेन्स एन्फामा फिर्ता ल्याइनेछ।
एन्फाले दिएका दुवै एम्बुलेन्स फिफा फरवार्ड फन्ड अन्तर्गत खरिद गरिएका हुन्।
यसअघि एन्फाले आफ्ना फुटबल एकेडेमी क्वारेन्टाइनका लागि दिएको थियो। जसअन्तर्गत रौतहटको महिला एकेडेमीमा ३६ जना बसिरहेका छन्।