सिजन २०१९-२०२० पूर्ण हुन नसके इंग्लिस प्रिमियर लिगले १ बिलियन पाउन्ड (१ खर्ब ४९ अर्ब २ करोड बढी रुपैयाँ) गुमाउने भएको छ।
कोरोनाभाइरसका कारण अनिश्चितकालका लागि स्थगित लिग पूरा नभइ रद्द भएको अवस्थामा इंग्लिस प्रिमियर लिग र क्लबहरुले ठूलो आर्थिक क्षति बेहोर्ने भएका हुन्।
प्रिमियर लिगका मुख्य कार्यकारी रिचार्ड मार्स्टर्सले लिग र क्लबले ठूलो क्षति बेहोर्ने चेतावनी दिएका हुन्।
यता फुटबल एसोसिएसनका अध्यक्ष ग्रेग क्लार्कले सिजन प्रभावित हुँदा धेरै समुदायले उनीहरुको क्लब र क्लबमा जोडिएको माया गुमाउने बताएका ंछन्।
क्लबहरुलाई आर्थिक क्षति हुने देखिएपछि प्रिमियर लिगले खेलाडीको ३० प्रतिशत तलब कटौती गर्ने प्रस्ताव गरेको छ।