इटालियन सिरि ए आगामी जुन १३ देखि सुचारू गर्ने प्रस्ताव गरिएको छ। बुधबार भएको बैठकमा अधिकांस क्लबहरूले १३ जुनदेखि लिग सुचारु गर्न सहज हुने मत राखेका हुन्।
कोरोनाभाइरसका कारण स्थगित लिगका लागि जुन २० बाट सुचारू गर्ने अर्को विकल्प छ। लिग अगस्टको अन्त्यमा सक्ने गरी खेलहरू संचालन हुनेछ।
अब इटालियन सरकारले औपचारिक निर्णय गरेपछि लिगको मिति पक्का हुनेछ।
यसअघि खेलाडीले व्यक्तिगत रुपमा मे ४ देखि प्रशिक्षण सुरु गरेका थिए। टिमले मे १८ देखि प्रशिक्षण गर्न पाउँदैछन्।
सिरि एका खेलहरु गत मार्च ९ देखि रोकिएका थिए। लिगमा अझै १२ राउन्डका खेल बाँकी छ।
शीर्ष स्थानको युभेन्ट्सले दोस्रो स्थानको लाजियोसँग १ अंकको अग्रता लिएको अवस्थामा लिग स्थगित भएको थियो।