कोरोना भाइरसपछि फर्किएको जर्मन बुन्डेसलिगामा साविक विजेता वायर्न म्युनिखले जितबाट आफ्नो यात्रा सुरू गरेको छ।
म्युनिखले आइतबार राति भएको खेलमा युनियन बर्लिनलाई उसैको मैदानमा २-० गोलले पराजित गरेको हो।
म्युनिखको जितमा रोबर्ट लिवान्डोस्की र बेन्जामिन पभार्डले गोल गरे।
लेवान्डोस्कीले ४० मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए। उनले वायर्नका लागि सिजनमा ३४ खेलमा ४०औं गोल गरेका हुन्।
पभार्डले ८० मिनेटमा कर्नरमा हेडमार्फत बललाई जाली चुमाएका थिए।
जितसँगै वायर्नले लिगमा दोस्रो स्थानको बोरुसिया डर्टमुन्डसँग ४ अंकको अग्रता कामय राखेको छ।
वायर्नको २६ खेलबाट ५८ अंक छ भने दोस्रो स्थानको डर्टमुन्डको समान खेलमा ५४ अंक छ।
गए राति नै भएको लिगको अर्को खेलमा कोल्न र मेन्जले २-२ गोलको बराबरी खेलेका छन्।