जर्मन बुन्डेस लिगामा शीर्ष स्थानको वायर्न म्युनिखले जितलाई निरन्तरता दिएको छ। उसले शनिबार राति भएको खेलमा फ्रान्कफर्टमाथि ५-२ गोलको जित निकाल्यो।
वायर्नका लागि गोरेट्काले १७ मिनेट, मुलरले ४१ मिनेट, लेवान्डोस्कीले ४६ मिनेट र डेभिइसले ६१ मिनेटमा गरे।
फ्रान्कफर्टका हिन्टरगेरले तीन गोल गरे। तर उनले एक गोल आत्मघाती गरे। उनले ७४ मिनेटमा आत्मघाती गोल गरेका थिए।
त्यसअघि उनले ५२ र ५५ मिनेटमा गोल गरेर खेललाई ३-२ को अवस्थामा ल्याए।
लिगमा शीर्ष स्थानको वायर्न म्युनिखको २७ खेलबाट ६१ अंक र दोस्रो स्थानको डर्टमुन्डको २७ खेलबाट ५७ अंक छ। शनिबार नै भएको खेलमा डर्टमुन्डले १० खेलाडीमा सीमित वुल्फवर्गलाई २-० ले हरायो।