जर्मन बुन्डेस लिगामा साल्केले लगातार दोस्रो खेलमा हार ब्यहोरेको छ।
आइतबार भएको खेलमा साल्केलाई अग्सवर्गले ३-० गोलले पराजित गर्यो। यसअघि अघिल्लो साता साल्केलाई बोरुसिया डर्टमुन्डले ४-० गोलले पराजित गरेको थियो।
आइतबार अग्सवर्गका लागि लोवनले छैटौं मिनेटमा, सारेरन बाजीले ७६ र कोर्डोभाले इन्जुरी टाइममा गोल गरे।
लिगमा शीर्ष स्थानको वायर्न म्युनिखको २७ खेलबाट ६१ अंक र दोस्रो स्थानको डर्टमुन्डको २७ खेलबाट ५७ अंक छ।