इंग्लिस प्रिमियर लिग क्लब वर्नमाउथ र हल सिटीका खेलाडीलाई कोरोना संक्रमण भएको छ।
शनिबार प्रिमियर लिगमा देखिएका दुई जना मध्ये एक जना वर्नमाउथका खेलाडी हुन्।
संक्रमण भएका अर्का व्यक्तिको भने परिचय खुलाइएको छैन।
प्रिमियर लिगका खेलाडी र स्टाफको मंगलबार, बिहीबार र शुक्रबार कोरोना परीक्षण गरिएको थियो। जसमा ९ सय ९६ जना थिए।
यता इंग्ल्यान्डको दोस्रो डिभिजनको लिग च्याम्पियनसिप खेल्ने क्लब हल सिटीका खेलाडीलाई पनि कोरोना भएको छ।
हल सिटीका दुई जनालाई कोरोना भएको बताइएको छ। च्याम्पियनसिपका खेल्ने २४ क्लबका १ हजार १४ जनाको ७२ घन्टाको बीचमा कोरोना परीक्षण गरिएको थियो।