इंग्लिस प्रिमियर लिग क्लब टोटनह्यामका एक जनालाई कोरोना भाइरसको संक्रमण भएको छ। पछिल्लो परीक्षणमा कोरोना देखिएका ती व्यक्ति अहिले सात दिनको सेल्फ आइसोलेसनमा बसेका छन्।
पछिल्लो पटक गरिएको ११९७ खेलाडी तथा स्टाफको परीक्षणमा एक जनालाई मात्र कोरोना भएको पुष्टि भएको हो।
प्रिमियर लिगमा अहिलेसम्म पाँच पटक कोरोनाका परीक्षण गरिसकेको छ। ती पाँच राउन्डमा गरिएका ५ हजार ७९ परीक्षण मध्ये १३ जनामा कोरोना भएको पुष्टि भइसकेको छ।
प्रिमियर लिग क्लबका खेलाडी र स्टाफको सातामा दुई पटक कोरोना परीक्षण गर्ने गरिएको छ।
कोरोना कारण मध्य मार्चबाट स्थगित भएको लिग आगामी १७ जुनबाट सुचारू हुँदैछ।