नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक योहान कालिनले खेलाडीहरूलाई घरमै बसेर अभ्यास गर्न सन्देश दिएका छन्। स्विडेनमा रहेका उनले अहिलेको लकडाउनको अवस्थालाई अवसरको रुपमा लिनु पर्ने समेत बताएका छन्।
'स्विडेनमा नेपालकै जस्तै अवस्था छ। तर यहाँ लकडाउन छैन। यहाँ मानिसहरु घरमा बस्ने कोसिस गरिरहेका छन्,' उनले भिडियो सन्देशमार्फत भनेका छन्,'फुटबल महत्वपूर्छ छ। तर हामीले समाजका मानिसको जीवन बचाउनु पर्छ। यो अवस्थालाई हामीले अवसरको रुपमा लिनु पर्छ। घरमै अभ्यासमा केन्द्रित हुनुपर्छ। हामीले मैदानमा प्रशिक्षण सुरु कहिले गर्छौं यकिन छैन। तर छिट्टै सुरु गर्ने आसा भने छ।'
महिला राष्ट्रिय टिमका पूर्व प्रशिक्षक हरि खड्काले कोरोनाभाइरसलाई संकेत गर्दै अहिले सबै अदृष्य विपक्षीसँग लडिरहेको बताएका छन्।
'अदृष्य विपक्षीलाई परास्त गर्न बलियो हुनुपर्छ। शारिरीक, मानसिक र समाजिक रुपमा स्वस्थ हुनुपर्छ,' उनको सन्देश छ,'तपाईहरूले ७० प्रतिशत शरीर मेन्टेन गर्नुहोस्। फिट राख्नुहोस्। ताकि मैदानमा फर्कदा सजिलो होस्।'
भिडिओ :-