पोर्चुगिज फुटबल क्लब बेन्फिकाका खेलाडी सवार बसमा आक्रमण हुँदा दुई खेलाडी घाइते भएका छन्। दुवै जनालाई उपचारका लागि अस्पताल पुर्याइएको छ।
जर्मन खेलाडी जुलियन विगेल र सर्वियन खेलाडी एन्ड्रीजा जिभ्कोविक आक्रमणमा परी घाइते भएका थिए।
कोरोना भाइरसपछि भएको पहिलो खेल खेलेर फर्कने क्रममा खेलाडी चढेको बसमा आक्रमण भएको हो।
दर्शक बिनाको रंगशालामा भएको खेलमा बेन्फिकाले तोन्डेलासँग गोलरहित बराबरी खेल्दा उपाधि दाबेदार एफसी पोर्टोसँग अग्रता लिने अवसर गुमाएको थियो।
बेन्फिकाको रंगशाला बाहिर समर्थकहरु जम्मा भएका थिए। ती मध्ये केहिले बसमा आक्रमण गरेका थिए।
नौ राउन्डको खेल बाँकी रहदा बेन्फिका र पोर्टोको समान ६०-६० अंक भएको छ।