ब्राजिलियन मिडफिल्डर आर्थर इटालियन क्लब युभेन्ट्समा आबद्ध भएका छन्।
आर्थर स्पेनिस क्लब बार्सिलोनाबाट ७२ मिलियन युरोमा युभेन्ट्समा सिजनको अन्त्यदेखि आबद्ध हुनेछन्।
२३ वर्षीय आर्थर सन् २०१८ मा ६ वर्षका लागि बार्सिलोनामा आबद्ध भएका थिए।
त्यसयता उनले बार्सिलोनाका लागि ७२ खेल खेलिसकेका छन्।
यता युभेन्ट्सका मिडफिल्डर मिरालेम प्यानिच बार्सिलोनामा आबद्ध भएका छन्।
बोस्नियाका ३० वर्षीय मिडफिल्डर मिरालेम ६० मिलियन युरोमा युभेन्ट्सबाट बार्सिलोनामा आबद्ध भएका हुन्।