जर्मन विंगर लिरोए साने जर्मन च्याम्पियन वायर्न म्युनिखमा आबद्ध हुने भएका छन्। साने ५४.८ मिलियन पाउन्डमा इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट म्युनिख जान लागेका हुन्।
सम्झौता सकिन एक वर्ष बाँकी रहेको अवस्थामा सानेलाई बेच्नका लागि सिटी सहमत भएको हो।
२४ वर्षीय साने सन् २०१६ मा जर्मन क्लब साल्केबाट ३७ मिलिउन पाउन्डमा सिटीमा आबद्ध भएका थिए। त्यसयता उनले क्लबका लागि दुई पटक प्रिमियर लिगको उपाधि जिते।
गत सिजन उत्कृष्ट खेलेका सानेले यस सिजन घाइते भएका कारण धेरै खेल्न पाएनन्।