इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड, चेल्सी र आर्सनलले जित हात पारेका छन्। शनिबार राति भएको खेलमा म्यानचेस्टरले वर्नमाउथलाई ५-२ गोलले हरायो।
म्यानचेस्टरका लागि ग्रिनउडले २९ र ५४ मिनेटमा गरी दुई गोल गरे। रास्फोडले ३५ मिनेटमा पेनाल्टीबाट, मार्टियलले पहिलो हाफको इन्जुरी टाइम र ब्रुनो फर्नान्डेजले ५९ मिनेटमा गोल गरे।
अर्को खेलमा चेल्सीले वाटफोर्डलाई ३-० गोलले पराजित गर्यो। चेल्सीका लागि जिरुडले २८ मिनेट पहिलो गोल गर्दा विलियनले ४३ मिनेटमा पेनाल्टीबाट दोस्रो गोल गरे। बार्कलीले दोस्रो हाफको इन्जुरी टाइममा तेस्रो गोल गर्न सफल भए।
आर्सनलले वुल्भ्सलाई २-० गोलले पराजित गर्यो। आर्सनलका लागि साकाले ४३ मिनेटमार लाकाजेटीले ८६ मिनेटमा गोल गर्न सफल भए।
लिगको तेस्रो स्थानको लेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले पराजित गर्यो।
अंक तालिकामा लेस्टर ३३ खेलबाट ५८ अंक जोडेर तेस्रो स्थानमा छ। चौथो स्थानको चेल्सीको ५७ अंक छ भने पाँचौ स्थानमा रहेको म्यानचेस्टरको ५५ अंक छ। वुल्भ्स ५२ अंकसहित छैटौं स्थानमा रहदा आर्सनल ४९ अंकसहित सातौं स्थानमा छ।