स्पेनिस ला लिगाको दोस्रो स्थानको बार्सिलोनाले भिल्लारियललाई ४-१ गोलले पराजित गरेको छ।
आइतबार राति भएको खेलमा जित हात पारेसँगै बार्सिलोनाले शीर्ष स्थानको रियल म्याड्सँगको दूरी चारमै कामय राखेको छ। बार्सिलोनाले जित हात पार्नु केहि घन्टाअघि रियलले एथ्लेटिक क्लबलाई पराजित गर्दा अंक दूरी सातमा पुगेको थियो।
खेलको तेस्रो मिनेटमा भिल्लारियलका टोरेशले आफ्नै गोल गर्दा बार्सिलोनाले पहिलो गोल उपहारस्वरुप पाएको थियो। तर १४ मिनेटमा भिल्लारियलका मोरोनाले बराबरी गोल फर्काए।
२० मिनेटमा लुइस सुआरेजले गोल गर्दै बार्सिलोनाको अग्रता २-१ मा पुर्याए। पहिलो हाफको अन्तिम मिनेटमा एन्टोनी ग्रिजम्यानले बार्सिलोनाका लागि तेस्रो गोल गरेका थिए।
खेल सकिन चार मिनेट बाँकी छदा अन्सु फाटीले चौथो गोल गरेपछि बार्सिलोना फराकिलो जिततर्फ अघि बढ्यो।
जितपछि बार्सिलोनाले ३४ खेलबाट ७३ अंक जोडेको छ भने रियलको ७७ अंक छ। लिगमा चार खेल बाँकी रहेको अवस्थामा बार्सिलोनाले उपाधि जित्न रियलले दुई खेलमा अंक गुमाउनु पर्नेछ भने बार्सिलोनाले सबै खेल जित्नु पर्नेछ।