इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले जित हात पारेको छ। युनाइटेडले बिहीबार राति भएको खेलमा एस्टन भिल्लालाई ३-० गोलले पराजित गरेको हो।
युनाइटेडले खेलको २७ मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गरेको गोलबाट अग्रता लियो। पहिलो हाफको इन्जुरी टाइममा ग्रिनउडले युनाइटेडको अग्रता दोब्बर पारे।
पाउल पोग्बाले ५८ मिनेटमा युनाइटेडका लागि तेस्रो गोल गरे। पोग्बाले सिजनको पहिलो गोल गरेका हुन्।
यता लिगका अन्य खेलमा एभर्टन र साउथह्याम्टनले १-१ को बराबरी खेल्दा टोटनह्याम र वर्नमाउथबीचको खेल पनि गोलरहित बराबरीमा सकिएको छ।
लिगमा युनाइटेड ३४ खेलबाट ५८ अंक जोड्दै अंक तालिकाको पाँचौ स्थानमा छ। चौथो स्थानको लेस्टर सिटीको एक अंक बढी ६० अंक छ।