२०२० को बालोन डि'ओर अवार्ड प्रदान नगरिने भएको छ।
फ्रान्स फुटबलले प्रदान गर्दै आएको प्रतिष्ठित अवार्ड कोरोना भाइरसका कारण प्रभावित भएको हो।
कोरोनाले फुटबल गतिविधिलाई असर गरेकाले सहि मूल्याङ्कन गर्न नसकिने फ्रान्स फुटबलले जनाएको छ।
सन् १९५६ देखि फ्रान्स फुटबलले विश्वका उत्कृष्ट फुटबलर छनोट गर्दै प्रदान गर्दै आएको अवार्ड पहिलो पटक प्रभावित भएको हो।
गत वर्षको अवार्ड स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टाइन सुपरस्टार लिओनल मेसीले जितेका थिए। गत वर्ष अवार्ड जितेसँगै मेसी सर्वाधिक ६ पटक यो अवार्ड जित्ने खेलाडी बनेका थिए।
इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले पाँच पटक अवार्ड जितेका छन्।
फ्रान्स फुटबलले २०२१ देखि अवार्डलाई निरन्तरता दिने बताएको छ।