विकास मल्ल नेपाली राष्ट्रिय फुटबल टिमको गोलकिपर प्रशिक्षक नियुक्त भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक समितिले राष्ट्रिय टिमका पूर्व गोलकिपर मल्ललाई नयाँ जिम्मेवारी दिएको हो।
आफ्नो खेल करिअरमा उत्कृष्ट गोलकिपर मल्ल त्रिभुवन आर्मी क्लबका पूर्व कप्तान समेत हुन्।
उनले सन् २००५ देखि २०१३ सम्म राष्ट्रिय टिमबाट खेलेका थिए।
एन्फा एकेडेमीका उत्पादन मल्लले एएफसी लेभल वान गोकिपीङ कोचिङ सर्टिफिकेट, एएफसी सी कोचिङ लाइसेन्स सर्टिफिकेट र फिफा एमए सर्टिफिकेट प्राप्त गरेका छन्।
मल्लले अब राष्ट्रिय टिममा जापनिज गोलकिपर प्रशिक्षक हिरो मिट्सुमारूलाई प्रतिस्थापन गर्नेछन्।
मल्लले अब फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३को छनोट प्रतियोगितामा नेपाली टिममा काम गर्नेछन्।