स्पेनिस क्लब रियल म्याड्रिड तथा स्पेनिस राष्ट्रिय फुटबल टिमका पूर्व गोलकिपर तथा कप्तान इकार कासिलासले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन्।
रियलबाट १६ वर्षमा उनले ७२५ खेल्दा पाँच ला लिगा र तीन च्याम्पियन्स लिगको उपाधि जितेका थिए।
यस्तै उनले स्पेनलाई २०१० को विश्वकप तथा २००८ र २०१२ को युरो कप जिताउन उत्कृष्ट खेलेका थिए।
उनी सन् २०१५ मा रियल छाडेर पोर्चुगिज क्लब पोर्टोमा आबद्ध भएका थिए।
उनलाई अप्रिल २०१९ मा अभ्यासको क्रममा हृदयाघात भएकोमा थियो। उनले तीन महिनापछि कोचिङ स्टाफलाई हृदयाघातबाट बचाएको भन्दै धन्यवाद दिएका थिए।
उनले पोर्टोका लागि ११६ खेल खेले। ट्विटरबाट संन्यासको घोषणा गर्दै ३९ वर्षीय कासिलासले सबैलाई धन्यवाद दिएका छन्।
रियलका कीर्तिमानी गोलकिपर कासिलास ९ वर्षको उमेरमा क्लबमा आबद्ध भएका थिए।
सन् २००० देखि २०१६ सम्म स्पेनिस राष्ट्रिय टिमका लागि उनले १६७ खेल खेले।