इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन क्लब इन्टर मिलान युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेका छन्।
युनाइटेडले सोमबार राति भएको क्वार्टरफाइनलमा डेनमार्कको एफसी कोपनहगेनलाई १-० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।
निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो। थप समयको पाँचौ मिनेटमा युनाइटेडका लागि ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गोल गरे।
खेलमा युनाइटेडले गरेको १३ प्रहारलाई कोपनहगेनको गोलकिपरले विफल पारे। अब युनाइटेडले सेमिफाइनलमा इंग्लिस क्लब वुल्भ्स र स्पेनिस क्लब सेभियाबीचको विजेतासँग खेल्नेछ।
यता अर्को क्वार्टरफाइनलमा इन्टर मिलानले जर्मन क्लब वायर लिभरकुजेनलाई पराजित गरेर अन्तिम चारमा स्थान पक्का गर्यो।
खेलको १५ मिनेटमा बेरेलाको गोलबाट इन्टरले अग्रता लियो। २१ मिनेटमा लुकाकुले इन्टरको अग्रता दोब्बर पारेका थिए।
लिभरकुजेनका लागि हाभर्ट्जले २४ मिनेटमा गोल फर्काए पनि त्यो सान्त्वनामै सीमित बन्यो।
अब इन्टरले शख्तर डोनेट्स्क र बासेलबीचको विजेतासँग अन्तिम चारमा खेल्नेछ।