काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमित संख्या बढेपछि अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यालय बिहीबारदेखि ७ दिन बन्द हुने भएको छ।
एन्फाले कार्यालय बन्द गर्दै भदौ ३ सम्म घरबाटै काम गर्ने निर्णय गरिएको हो।
यसअघि नेपाल ओलम्पिक कमिटीले पनि आफ्नो कार्यालय शुक्रबारसम्म बन्द गर्ने निर्णय गरेको थियो।
काठमाडौं उपत्यकामा संक्रमितको संख्या बुधबारसम्म १४ सय नाघिसकेको छ।
संक्रमितको संख्या बढ्दै गएपछि करातेको ओलम्पिक छनोटको तयारी सोमबार स्थगित गरिएको थियो।
आइतबार नेपालको राष्ट्रिय स्क्वास टिमका प्रशिक्षक हिरा थापा कोरोना भाइरसबाट संक्रमित भएका थिए।
सातदोबाटोको अन्तर्राष्ट्रिय खेलकुद परिसरस्थित स्क्वास हलमा सँगै खेलेका साथीलाई कोरोना भएपछि थापाले परीक्षण गराउदा उनलाई कोरोना लागेको पुष्टि भएको थियो।