इंग्लिस क्लब म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अग्युरो दुई महिना मैदान बाहिर रहने भएका छन्।
सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाका अनुसार उनले सिजनको सुरुवाती दुई महिना गुमाउनेछन्।
उनले गत जुन २२ मा बर्नलीविरुद्धको खेलमा घुँडाको चोट बोकेका थिए।
चोटका कारण अब उनले सिटीको सुरुवाती दश खेल गुमाउने भएका हुन्। जसमा दुई खेल च्याम्पियन्स लिगका रहेका छन्।
३२ वर्षीय अर्जेन्टाइन स्ट्राइकर सिटीका कीर्तिमानधारी खेलाडी हुन्। अब उनी नोभेम्बरसम्म फिट हुने प्रशिक्षक ग्वार्डिओलाको विश्वास छ।
यसअघि सिजनको अन्त्यमा अग्युरोको अनुपस्थितिमा अर्का फरवार्ड गाब्रियल जेससले १२ खेलमा पाँच गोल गरेका थिए।
यस्तै सिटीमा भित्रिएका फेरन टोरेसले अग्युरोको स्थान परिपूर्ति गर्न विश्वास गरिएको छ।