इंग्लिस फुटबल लिग कपको तेस्रो चरणमा चेल्सीले सानदार जित हात पारेको छ।
प्रिमियर लिग क्लब चेल्सीले दोस्रो डिभिजनको लिग च्याम्पियन्सिप खेल्ने बर्नस्ले एफसीमाथि ६-० को फराकिलो जित हात पारेको हो।
चेल्सीको जितमा युवा मिडफिल्डर काई हावर्ट्जले ह्याट्रिक गरे। उनले खेलको २८, ५५ र ६५ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्।
चेल्सीका लागि थप गोल अब्राहमले खेलको १९ मिनेटमा, बार्कलीले ४९ मिनेटमा र ओलिभर जिरुडले ८३ मिनेटमा गोल गरे।
ह्याट्रिक गरेका हावर्ट्ज यहि सिजन चेल्सीमा आबद्ध भएका हुन्। हावर्ट्स जर्मन क्लब वायर लेभरकुजेनबाट ७१ मिलियन पाउन्डमा चेल्सीमा आबद्ध भएका थिए।
जर्मनीका राष्ट्रिय टिमका खेलाडी उनले लेभरकुजनका लागि ११८ खेलमा ३६ गोल र २५ एसिस्ट गरेका थिए।
यता लिग कपको अर्को खेलमा आर्सनलले लेस्टर सिटीमाथि २-० को जित निकालेको छ।
फुलहमले सेफिल्डलाई २-० ले पराजित गर्दा एभर्टनले फ्लिटउडलाई ५-२ गोलले पराजित गरेका छन्।