इंग्लिस फुटबल लिग (इएफएल) कपमा म्यानचेस्टरका दुवै क्लबले सहज जित निकाल्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेका छन्।
चौथो चरणको खेलमा म्यानचेस्टर सिटीले वर्नलीलाई ३-० गोलले पराजित गर्यो।
सिटीका लागि स्टर्लिङले दुई गोल गरे। उनले खेलको ३५ र ४९ मिनेटमा गोल गरेका थिए। ६५ मिनेटमा टोरेशले सिटीका लागि तेस्रो गोल गरेका थिए।
यता म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई ३-० गोलले नै हराएर अघिल्लो चरणमा स्थान बनाएको छ।
युनाइटेडका लागि म्याकटोमिनेले ४४ मिनेटमा पहिलो गोल गरे। यस्तै माटाले ७३ मिनेटमा अग्रता दोब्बर बनाएका थिए।
८० मिनेटमा पाउल पोग्बाले युनाइटेडका लागि तेस्रो गोल गर्न सफल भए।
लिग कपको अर्को खेलमा एभर्टनले वेस्ट ह्यामलाई ४-१ गोलले पराजित गरेको छ। एभर्टनको जितमा कल्भर्ट लेविनले ह्याट्रिक गरेका थिए।