इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ।
लेस्टरले आइतबार साँझ भएको खेलमा वेस्ट ह्याम युनाइटेडसँग ३-० गोलको हार बेहोरेको हो।
यसअघि लगातार तीन खेलमा जित हात पारेको लेस्टरको जारी सिजनमा अपराजित यात्रा पनि टुंगिएको छ।
आइतबार जित हात पारेको भए लेस्टरले एभर्टनसँग अंक बराबरी गरेर शीर्ष स्थानमा उक्लने थियो।
एभर्टन लगातार चार खेलमा जित हात पार्दै १२ अंकसहित शीर्ष स्थानमा छ।
वेस्ट ह्यामको भने यो चार खेलमा दोस्रो जित हो।
लेस्टरलाई पराजित गर्ने क्रममा वेस्ट ह्यामका एन्टोनियोले १४ मिनेटमा पहिलो गोल गरे। फोर्लानले ३४ मिनेटमा वेस्ट ह्यामको अग्रता दोब्बर पारेका थिए।
खेलको ८३ मिनेटमा बोएनले वेस्ट ह्यामका लागि तेस्रो गोल गरेका थिए।
दोस्रो हाफको इन्जुरी टाइममा लेस्टरका जिमी भार्डीले बललाई जाली जुमाए पनि रेफ्रीले अफ साइड घोषित गरिदिएका थिए।
यता लिगको अर्को खेलमा साउथह्याम्टनले वेस्ट ब्रुमलाई २-० गोलले पराजित गरेको छ।
सउथह्याम्टनले चार खेलमा दोस्रो जित हात पार्दा समान खेलमा वेस्ट ब्रुम तीन खेलमा पराजित भइसकेको छ। एक खेलमा भने वेस्ट ब्रुमले बराबरी खेलेको छ।