जर्मन बुन्डेस लिगाको साविक विजेता वायर्न म्युनिखको जितमा रोबर्ट लेवान्डोस्की एक्लैले चार गोल गरेका छन्।
लेवान्डोस्कीको उत्कृष्ट प्रदर्शनमा वार्यनले हेर्था बर्लिंनमाथि ४-३ को जित निकालेको छ।
खेलको ४० मिनेटमा लेवान्डोस्कीले पहिलो गोल गरेका थिए। ५१ मिनेटमा उनले टिमको अग्रता दोब्बर पारे।
बर्लिनका लागि कोर्डोबाले ५९ मिनेटमा गोल फर्काए। ७१ मिनेटमा माथिउस कुन्हले बराबरी गोल गर्दै बर्लिनलाई खेलमा फर्काए।
तर ८५ मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक गरेर वायर्नलाई ३-२ ले अघि बढाए।
८८ मिनेटमा बर्लिनले फेरि बराबरी गोल गर्यो। उसका लागि एनगाकमले तेस्रो गोल गरेका थिए।
दोस्रो हाफको इन्जुरी टाइममा वायर्नले पेनाल्टी पायो। पेनाल्टी अवसरमा लेवान्डोस्कीले टिम तथा व्यक्तिगत चौथो गोल गर्दा वायर्नले ४-३ गोलको रोमाञ्चक जित हात पार्यो।
जितसँगै वायर्न ३ खेलबाट ६ अंक जोड्दै चौथो स्थानमा छ। शीर्ष तीनमा रहेका लेइपजिग, अग्सवर्ग र फान्कफन्टको ७-७ अंक छ।