अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित कार्यालय तीन दिनका लागि बन्द भएको छ।
कार्यालय बिहीबारदेखि बन्द गरिएको एन्फाले जनाएको छ।
एक कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएपछि कार्यालय बन्द गरिएको एन्फाले जनाएको छ।
एन्फाले ७२ घन्टा कार्यालयलाई निर्मलीकरण गरिने पनि जनाएको छ।
कोरोना संक्रमण भएका कार्मचारीलाई घरमै आइसोलेसनमा बस्न भनिएको एन्फाले जनाएको छ।
साउन लकडाउन खुले लगत्तै कोरोना संक्रमण बढेपछि एन्फाले यसअघि पनि कार्यालय बन्द गरेको थियो। कार्यालय बन्द गर्दै एन्फाले कर्मचारीलाई घरबाटै काम गराएको थियो।
गत चैत पनि एन्फाले कोरोनाका कारण कार्यालय बन्द गरेको थियो।