अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा वेल्समाथि इंग्ल्यान्डले सहज जित हात पारेको छ। बिहीबार राति भएको खेलमा इंग्ल्यान्ड ३-० गोलले विजयी भएको हो।
इंग्ल्यान्डको जितमा कल्भर्ट लेविनले डेब्यू खेलमा गोल गरे। उनले २६ मिनेटमा हेडमार्फत गोल गरेर इंग्ल्यान्डलाई अग्रता दिलाए।
इंल्यान्डका लागि कोनोर कोएडीले ५३ मिनेटमा दोस्रो गोल गरे। उनले पनि इंल्यान्डका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरेका हुन्।
६३ मिनेटमा ड्यनी इङ्ग्सले तेस्रो गोल गरेसँगै इंग्ल्यान्ड जिततर्फ अघि बढेको थियो।
यता अर्को मैत्रीपूर्ण खेलमा बेल्जियमलाई आइभरी कोस्टले १-१ गोलको बराबरीमा रोकेको छ।
स्विडेनले रसियामाथि २-१ गोलको जित निकालेको छ भने इरानले उज्वेकिस्तानलाई २-१ गोलअन्तरले नै पराजित गरेको छ।
दक्षिण अफ्रिका र नामिबियाबीचको खेल १-१ गोलको बराबरीमा सकिएको छ।