युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लबद्वय म्यानचेस्टर युनाइटेड र चेल्सीले सानदार जित हात पारेका छन्।
म्यानचेस्टर युनाइटेडले समूह 'एच' को खेलमा जर्मन क्लब आरबी लाइपजिगलाई ५-० गोलले पराजित गर्यो।
म्याचेस्टरको जितमा मार्कोस रास्फोडले ह्याट्रिक गरे। उनले खेलको ७४, ७८ र दोस्रो हाफको इन्जुरी टाइम गोल गरेर ह्याट्रिक पूरा गरेका थिए।
म्यानचेस्टरका लागि ग्रिनउडले २१ मिनेटमा पहिलो गोल गरेका थिए।
८७ मिनेटमा मार्सियलले म्याचेस्टरका लागि पेनाल्टीमार्फत अर्को गोल गरेका थिए।
यहि समूहको अर्को खेलमा फ्रेञ्च च्याम्पियन पिएसजीले टर्किस क्लब स्तानबुललाई २-० गोलले पराजित गरेको छ।
पिएसजीको जितमा दुवै गोल मोइज कीनले गरे। उनले खेलको ६४ र ७९ मिनेटमा गोल गरेक थिए।
दुवै गोलका लागि केलियन एमबाप्पेले पास उपलब्ध गराएका थिए।
यता समूह 'एफ' को खेलमा रसियन क्लब एफसी क्रास्नोदरमाथि इंग्लिस क्लब चेल्सीले ४-० को जित हात पारेको छ।
चेल्सीको जितमा हुडसन ओडोइले ३७ मिनेट, वेर्नेरले ७६ मिनेटमा पेनाल्टीमार्फत, जियेचले ७९ मिनेटमा पनि पेनाल्टीमार्फत र पुलिसिकले ९० मिनेटमा गोल गरेका थिए।
यो समूहको अर्को खेलमा स्पेनिस क्लब सेभियाले फ्रेन्च क्लब रेनेसलाई १-० गोलले पराजित गरेको छ।