इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले जित हात पारेको छ।
शनिबार साँझ सकिएको खेलमा सिटीले सेफिल्ड युनाइटेडलाई १-० गोलले पराजित गरेको हो।
सिटीको जितमा केल वल्करले गरेको गोल निर्णायक बन्यो।
प्रिमियर लिगमा सयौ खेल खेलको दिन उनले खेलको २८ मिनेटमा डि ब्रुनाको पासमा गोल गरेका थिए।
सिटीका फेरान टोरेशले पहिलो हाफमा हेडमार्फत गरेको गोललाई सेफिल्डका गोलकिपरले विफल पारेका थिए।
जारी सिजनमा सिटीले तेस्रो जित हात पारेको हो।
जितसँगै अंक तालिकाको सातौं स्थानमा रहेको सिटीले ६ खेलबाट ११ अंक जोडेको छ।
शीर्ष स्थानको एभर्टनको समान खेलबाट १३ अंक रहेको छ।