युरोपियन च्याम्पियन्स लिगमा साविक विजेता जर्मन क्लब वायर्न म्युनिखले अस्ट्रियन क्लब एफसी रेड बुल साल्जबर्गमाथि सानदार जित हात पारेको छ।
मंगलबार राति भएको समूह 'ए' को खेलमा वायर्नले ६-२ गोलको जित हात पारेको हो।
वायर्नका लागि रोबर्ट लेवान्डोस्कीले खेलको २१ मिनेटमा पेनाल्टीमार्फत र ८८ मिनेटमा गरी दुई गोल गरे।
यस्तै बोएटिङले ७९ मिनेट, लिरोए सानेले ८३ मिनेट र हर्नान्डेजले दोस्रो हाफको इन्जुरी टाइममा गोल थपेका थिए।
साल्जबर्गका क्रिस्टेनसेनले ४४ मिनेटमा आत्मघाति गोल गरेका थिए।
त्यसअघि बेरिशाले चौथो मिनेटमा गोल गरेर साल्जबर्गलाई सुरुवाती अग्रता दिलाएक थिए।
समूहको अर्को खेलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिड र रसियन क्लब लोकोमोटिभ मस्कोले १-१ गोलको बराबरी खेलेका छन्।
समूहमा वायर्न लगातार तीन खेलमा जित निकाल्दै ९ अंक जोडेर शीर्ष स्थानमा छ। एट्लेटिको चार अंकसहित दोस्रो स्थानमा छ भने मस्कोले २ अंक र साल्जबर्गले १ अंक बटुलेका छन्।