'एटालियन सिरि ए' को साविक विजेता युभेन्ट्स बराबरीमा रोकिएको छ।
आइतबार साँझ भएको खेलमा युभेन्ट्सलाई लाजियोले १-१ गोलको बराबरीमा रोकेको हो।
खेलको १५ मिनेटमा युभेन्ट्सले स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको गोलबाट अग्रता लिएको थियो।
उनलाई गोल गर्न जुवान क्वाड्राडोले पास उपलब्ध गराएका थिए। जारी लिगमा रोनाल्डोको यो चार खेलमा छैटौं गोल हो।
रोनाल्डोको गोलबाट जित नजिक पुगेको युभेन्ट्सले दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल खायो।
लाजियोका इक्वेइडोरियन स्ट्राइकर फेलिप कैसेडोले अन्तिम मिनेटमा गोल गरेका हुन्।
उनलाई गोल गर्न योकिन कोरियाले उत्कृष्ट तरिकाबाट पास उपलब्ध गराएका थिए।
बराबरीसँगै युभेन्ट्स अंक तालिकामा चौथो स्थानमा छ।
युभेन्ट्सले ७ खेलबाट १३ अंक जोडेको छ। लाजियो ७ खेलबाट ११ अंकसहित नवौं स्थानमा छ।